“केपी ओली जहाँ छन् युवासंघ त्यही रहन्छ”: नेता त्रिपाठी

राष्ट्रिय युवासंघ नेपालका केन्द्रिय सदस्य विष्णुहरी त्रिपाठी राजनितिक आन्दोलनमा युवाहरुमाझ चिनिएको नाम हो । अहिले नेकपा विभाजनमा युवासंघको पनि छुट्टाछुट्टै भेला र बैठक बसिरहेको छ । नेताहरु कोही सडक त कोही बालुवाटारबाट आफ्नो बचाउ गरिरहेका छन् । नेकपा विभाजन,राष्ट्रिय युवासंघ नेपालको गतिविधिको सन्दर्भमा हामीले त्रिपाठीसंग कुराकानी गरेका थियौँ । कुराकानीको सारसंक्षेपः–

अस्थिरताको अन्त्य गर्न चुनावको घोषणा

जसरी अहिले नेकपाको एउटा शक्ति सडक आन्द्योलन गरिरहेको छ भने जुन नेकपाको मुल प्रवाह चुनावी तयारीमा रहेको अवस्था छ । अहिले जुन खालको अस्थिरता ल्याउने कुचेष्टा भएको थियो । प्रधानमन्त्रीमाथी अविश्वासको प्रस्ताव र राष्ट्रपतिमाथी महाअभियोगको प्रस्ताव त्यसले देशमा एउटा किसिमको अस्थिरता ल्याउने निश्चित थियो । सरकारलाई व्यवधान गर्न जुन चेष्ठा गरिएको थियो । त्यसिलाई चिर्नको निम्ती क.केपी ओलीले मध्यावधीको घोषणा गर्नुभयो र त्यसपछि अहिले जुन किसिमको अवस्था आएको छ, क.केपी ओलीले संसद विघटन नगर्नुभएको भए यो भन्दा विकराल स्थिती आउने निश्चित थियो । अस्थिरता निम्तने, जसरी ५२ सालमा शेरबहादुर देउवाको कार्यकालमा पोजेरो काण्ड भयो, जुनखालको विकृती देखिएको थियो, सांसद किनबेच देखी हरेक हत्कण्डा अपनाउने जुन प्रवृती थियो त्यसलाई मध्ये नजर गर्दै ओलीले संसद विघटन गर्नुभएको थियो । संसद विघटनपछि नयाँ आउने निर्वाचनमा क. ओलीले बोकेका एजेण्डाहरु पास गरेर जनतामा जाने निर्णय गर्नुभएको छ । त्यसमा पार्टीभित्रको एउटा समुह जसलाई कमरेड ओलीले बैठक छोडेर हिडेका कमरेडहरु भन्नुभएको छ जसले केही आन्दोलन गरिरहुनभएको छ यसले जनतामा निराशा छाउनेछ । तर उहाँहरुले यो कुरा बुझेर आन्दोलनबाट हट्नुहुनेछ भन्ने मलाई लागेको छ ।

आन्दोलनरत पक्ष ओलीले नेतृत्व गरेको नेकपामा फर्कनेछन्

सबै विषयहरु तपाईहरु जस्ता मिडियाले ल्याइसक्नुभएको छ । पार्टीको कुनैपनि बैठक बस्नका निम्तिी महासचिवले आफ्नो माइन्युट अध्यक्षको निर्देशनमा महासचिवले बैठक आह्वान गर्छ । तर यहाँ सवाल के भयो भने पार्टीको दोस्रो नम्रको अध्यक्ष महासचिव विना एउटा समुहको जुन बैठक राख्यौँ, महासचिवलाई हटायौँ भन्ने जुन हौवा पिट्नुभएको छ । एक नम्बरको अध्यक्ष र महासचिवको उपस्थिती रहेको बैठकलाई आधिकारिक मान्नपर्छ । आज जुन साथीहरु छोडेर हिँड्नुभएको छ । त्यसपछि पार्टीले महाधिवेशन आयोजक कमिटी बनाएको छ । बैठक छोडेर हिँड्नुभएका कमरेडहरु एक नम्बरका अध्यक्ष कमरेड ओलीले नेतृत्व गरेको नेकपामा फर्कनुहुनेछ भन्ने मैले विश्वास लिएको छु । त्यसको विकल्प छैन् । उहाँहरु अहिले जुनखालको सडक आन्दोलन गरिरहनुभएको छ ,विस्तारै उहाँहरु अदालतको निर्णय र निर्वाचन आयोगको आधिकारिकतापछि सबै कुरा ठिक हुन्छ भन्ने मलाई लाग्छ ।

केपी ओली जहाँ छन् युवासंघ त्यही रहन्छ

युवासंघ फुट्यो भन्दापनि एउटा कुरा के बुझ्नपर्यो भने कमरेड केपी ओली जहाँ छन् युवासंघ त्यही रहन्छ । युवासंघ नेपालको स्थापना २०४७ साल जेठ १ गते भएको हो । अहिले राष्ट्रिय युवासंघ नेपाल भनिन्छ । अब त्यसको झण्डा लागो डिजाइन गर्ने केशव स्थापित नेकपाको मुलप्रवाहमा नै हुनुहुन्छ । एजेण्डाको हिसावले ,संगठनको हिसावले ,सबै युवाहरुलाई जागरुक गराउने हिसावले, सबै युवाहरुको नेतापनि कमरेड केपी ओली रहनुभएको भन्ने कुरामा कुनै दुईमत छैन् । त्यसैले युवाको मुल नेतृत्व,सबै हिसावले कमरेड केपी ओलीले नेतृत्व गरेको नेकपामा युवासंघ एकढिक्का छ । अब छिट्टै राष्ट्रिय युवासंघको बैठक बसेर आफ्ना आधिकारिक धारणा ल्याउनेछ । युवासंघ फुटेको भन्ने कुरा म स्विकार्दिन । पार्टीको मुलप्रवाह नै ओली हुन् । पार्टीको एक तह घरमा झगडा गरेर माइत गएको अवस्था छ । उहाँहरु जसअनुसार सडकमा हुनुहुन्छ । हाम्रा्े संगठनको इन्चार्ज कमरेड महेश बस्नेत युवा जागरणको देशव्यापी अभियानमा हुनुहुन्छ । हामी अव छिट्टै केन्द्रिय कमिटीको बैठक बसेर आधिकारिक निर्णय सार्वजनिक गर्नेछौँ ।

जसरी एउटा कम्पनी स्थापना गर्दा त्यसको नियम र कानुनको आधारमा गछौँ । त्यसैगरी पार्टीपनि विधानअनुसार, पार्टीको आन्तरिक प्रक्रिया अनुसार चल्ने हो । दुईपार्टीको एकतापछि बनेको विधानमा स्पष्ट लेखिएको छ की दुई अध्यक्षको सहमतीमा पार्टीका एजेण्डा प्रस्ताव गर्ने हो । सहमतीमा पार्टी चलाउने भन्ने हो । अहिलेको कमिटी बनेको कुनै महाधिवेशनबाट बनेको कमिर्टी हैन् । यो दुई पार्टीको एकतापछि मनोनित केन्द्रिय कमिटी हो ।

संम्बन्धित समचार

Leave a Reply