आज भारतमा ७२औं गणतन्त्र दिवस : सैनिक परेडसहित सांस्कृतिक झलकहरु देखाईने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ १३, मंगलबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ १४, काठमाण्डौ । आज भारतमा ७२ औं गणतन्त्र दिवस मनाइँदैछ । गणतन्त्र दिवसको अवसरमा भारतीय सेनाको सैनिक परेड र सांस्कृतिक झलकहरु प्रदर्शन गरिँदैछ । सो क्रममा पहिलोपटक भारतीय सेनाले राफेल लडाकू विमानका साथ टी–९० ट्याङ्क, समविजय इलेक्ट्रोनिक युद्धक प्रणाली, सुखोई–३० एमके आई लडाकु विमान समेत प्रदर्शन गर्ने जनाइएको छ । राफेल लडाकु विमान केही महिनाअघि मात्र भारतले फ्रान्सबाट ल्याएको हो ।

सोमबार भारतीय रक्षा मन्त्रालयले दिएको जानकारी अनुसार गणतन्त्र दिवसको अवसरमा आयोजित परेडमा १७ वटा राज्य र केन्द्र शासित प्रदेशहरुका झाँकी, ६ वटा रक्षा मन्त्रालयका झाँकी, केन्द्रीय मन्त्रालय र अर्धसैनिक बलका झाँकीसहित ३२ वटा झाँकी देशका समृद्ध सांस्कृति धरोहर, आर्थिक उन्नती र सैन्य ताकत झल्काउने गरी प्रदर्शन गरिनेछ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस