माघ १४, काठमाडौ । वृहत नागरिक आन्दोलनका अगुवाहरुमाथि सरकारले दमन गरेको भन्दै नागरिक अगुवाले तेस्रो जनआन्दोलनको घोषणा गरेका छन् । सोमबार माटोको टीका लगाएर कमल पोखरीबाट बालुवाटारसम्म शान्तिपूर्ण रुपमा मार्चपास गरेका नागरिक अगुवाहरुमाथि प्रहरीले लाठी र पानीको फोहोरा बर्साएको भन्दै वृहत नागरिक आन्दोलनको तर्फबाट युग पाठले विज्ञप्ति निकालेर तेस्रो आन्दोलनको घोषणा गरेका हुन् ।