नयाँ लगानीकर्तालाई फेरि अर्को खुसी : २३ करोड ८५ लाख बराबरको आईपीओ ल्याउँदै डिसहोम !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ माघ १३, मंगलबार (३ साल अघि)
  • ९ पटक पढिएको
Post Thumbnail

माघ १४, काठमाण्डौ । टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायक कम्पनी डिस होमले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) जारी गर्ने सेवनमा दिएको निवेदन अब अन्तिम चरणमा पुगेको छ । अबको केही दिनमा शेयर निष्कासनको अनुमति पाउने स्रोतको दाबी छ । सम्पूर्ण काम पूरा हुन लागिएको छ,अब केही दिनमा अनुमति दिन्छौ सेवनको भनाइ छ । त्यस पछि आइपीओ निष्कासनको बाटो खुल्ने छ ।

दुई अर्ब पूँजी रहेको डिस होमले करिब १० प्रतिशत भन्दा केही बढी सेयर सर्वसाधारणका लागि जारी गर्ने तयारी गरेको छ । २३ करोड ८५ लाख रुपैयाँ बराबरको (२३ लाख ८५ हजार कित्ता) आईपीओ निष्कासनको प्रक्रियामा रहेको कम्पनीले जनाएको छ । आइपिओ जारी गर्न माग गर्दै डिस होमले गत असार २९ गते नेपाल धितो बोर्डमा थियो । धितो पत्र बोर्डमा दिएको आवेदनमा अध्ययन गरेर बोर्डले कागजात माग गरेर अध्ययन गरी अन्तिम चरणमा रहेको जनाएको छ ।

सेयर निष्कासनका आवश्यक कागजातका विवरण उपलब्ध गराएमा आइपिओ निष्कासनको लागि छिट्टै स्वीकृति पाउने बोर्डले जनाएको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । डिसहोमले २०७४ सालदेखि आफूलाई पब्लिक कम्पनीको रुपमा रुपान्तरण गरेको थियो । २०७५ साल पुस २७ गते सम्पन्न साधारणसभाले सर्वसाधारणमा प्राथमिक सेयर निश्कासनको प्रस्ताव पारित गरेको डिस होमले गत असारमा आइपिओ जारी गर्न अनुमति माग गर्दै धितो पत्र बोर्डमा आवेदन दिएको थियो ।

डिसहोमका १५ लाख भन्दा धेरै ग्राहक रहेका छन् । व्यक्तिगत कम्पनीलाई पव्किल कम्पनीमा लगेर सेयर जारी गर्न लागिएको हो । डिस नेपाल र होम टिभी सेवा बीच मर्ज भएर डिस होम संचालनमा आएको हो । डिसहोमले टेलिभिजनमात्र नभएर सिम टिभीको आइएसपीबाट इन्टरनेट सेवा प्रदान गर्न सुरुवात गरेको छ । डिसहोमले टेलिभिजन प्रसारणका लागि चाहिने सेटप बक्स समेत उत्पादन सुरु गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस