‘दुई विश्वविद्यालयसँग सहमति गरेर क्रिकेट रङ्गशाला बनाउनुपर्छ’ : प्रचण्ड

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ आश्विन ८, सोमबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असोज ८,चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच वर्षमा के के काम गर्ने भन्ने प्राथमिकता तोकेर अघि बढ्नुपर्ने बताएका छन ।

जिल्ला समन्वय समितिको दोस्रो जिल्लासभाको आज यहाँ उद्घाटन गर्दै उनले जिल्लामा सभाकक्ष, रङ्गशाला र औद्योगिक क्षेत्रको काम तीव्र गतिमा अघि बढाउनुपर्छ भन्दै दुई विश्वविद्यालयसँग सहमति गरेर क्रिकेट रङ्गशाला बनाउनुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री तथा वर्तमान सांसद दाहालले जिल्लालाई देशकै नमूना जिल्ला बनाउने गरी विकासमा जुृट्न सबैलाई आग्रह गरे।

कार्यक्रममा पूर्वअर्थमन्त्री एवं सांसद सुरेन्द्रप्रसाद पाण्डेले विकासको स्वरुपको विषयमा छलफल गरेर अघि बढ्नुपर्ने बताए । सांसद कृष्णभक्त पोखरेलले समृद्धि र विकासको नेतृत्व जिल्लाले लिएर अघि बढ्नुपर्ने बताए ।

सो अवसरमा राष्ट्रियसभा सदस्य दिलकुमारी रावल, प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा, नेकपाका नेता देवी ज्ञवाली, नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशीलगायतले बोलेका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले आर्थिक वर्ष २०७५/७६ का लागि नीति तथा कार्यक्रम पेश गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस