कोरोनाबाट ९८.५ प्रतिशत निको हुँदा आज थप ३०३ जना सङ्क्रमित, २८५ जना सङ्क्रमणमुक्त !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ १३, मंगलबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ १४, काठमाण्डौ । नेपालमा कोरोना भाइरसका ३०३ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७० हजार ९२ जना पुगेको छ । पछिल्लो चौबीस घण्टामा २८५ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केको जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा ४०१ जना कोभिडमुक्त भएसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ६४ हजार ८२३ पुगेको छ । नेपालमा कोरोना निको हुनेको प्रतिशत ९८.५ पुगेको छ । यस्तै सो अवधिमा छ .जना सङ्क्रमितको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ । सो सँगै मृतकसँगै नेपालमा कोभिडबाट मृत्यु हुने दुइ हजार १७ जना पुगेका छन् । हाल तीन हजार २५२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ भने तीन हजार २५२ जना आइसोलेशनमा र १२२ जना क्वारेन्टिनमा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस