महिला राष्ट्रिय लिग फुटबल : एपीएफद्धारा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ माघ १३, मंगलबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ १४, काठमाडौं । महिला राष्ट्रिय लिग फुटबल अन्तर्गत विभागीय डर्बी भिडन्तमा एपीएफले त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफले आर्मीलाई २(० ले पराजित गर्दै लिगमा लगातार तेस्रो जित हात पारेको हो ।

लगातार तेस्रो जितपछि ३ खेलबाट ९ अंक जोड्दै एपीएफले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ । लगातार तेस्रो खेलमा क्लिनसिट राखेको एपीएफले १५ गोल गरिसकेको छ । ३ खेलबाट नेपाल पुलिस ५ अंकसहित दोस्रो स्थानमा छ । लिगमा पहिलो हार बेहोरेको आर्मी ३ खेलबाट ४ अंकसहित तेस्रो स्थानमा छ । उद्घाटन खेलमा पुलिससंग अंक बाँडेको आर्मीले दोस्रो खेलमा वालिङ नगरपालिकालाई ७।० ले पराजित गरेको थियो । लिग अन्तर्ग बुधबार रौतहटको चन्द्रपुर नगरपालिका र मोरङको विराटनगर महानगरपालिकाबीच खेल हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस