‘कांग्रेसलाई कम्युनिस्ट सरकार भन्दा पार्टी भित्रैबाट डर छ’ : नेता केसी

असोज ८,काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी सभापति शेरबहादुर देउवाले सधै सभापति बन्ने सपना देखेको भन्दै यो पुरानै समस्या भएको बताएका छन् ।

रिपोर्टस क्लवमा सोमबार आयोजित साक्षात्कारमा बोल्दै नेता केसीले भने, ‘देउवाजी मात्रै होइन, एकचोटी सभापति हुनेहरुले सधैंभरी सभापति मै हुन्छु भन्ने अहंकार र स्वप्न देखेका छन्, त्यो स्वप्न महाधिवेशनले नै भोलि टुंगो लगाउँछ ।’

नेता केसीले अघि भने, ‘म कसैको पक्ष र विपक्षमा भन्दिन् । तर, महाधिवेशनबाट कुनैपनि पदाधिकारीमा जित्यो भने त्यो कुरा मैले पार्टीको जिम्मेवार कार्यकर्ताको हैसियतले स्वीकार गर्नुपर्छ ।’

उनले पार्टीभित्रको अधिनायवादको दुर्गन्धित वातावरणलाई मुक्त गर्न सम्पूर्णरुपमा मुक्त गराउन निर्वाचन पद्धतिबाट पदाधिकारी, निर्वाचन समिति, अनुशासन समिति सबै निर्वाचित गर्नुपर्ने बताए ।

कांग्रेसलाई नेकपा वा सरकारबाट भन्दापनि पार्टीभित्रकै कुरीति र कुसंस्कारबाट बढी डर भएको नेता केसीले बताए । ‘कांग्रेसलाई अरुबाट चूनौति छैन्,’ उनले भने, ‘आफ्नै पार्टीभित्रको आन्तरिक कुरीतिबाट चूनौती छ । ती सबै कुसंस्कारलाई सुधार गर्नुपर्छ ।’

उनले पार्टीभित्र एउटा व्यक्तिलाई बलियो बनाएर र त्यो व्यक्तिको वरपर घुमेर आफ्नो शक्ति जमाउने खालको मनोवृत्तिबाट पार्टी चल्न नसक्ने स्पष्ट पारे ।

सोही कार्यक्रममा नेता केसीले केपी शर्मा ओली नेतृत्वको सरकारले ठूलो भ्रमको खेती गरेको आरोप लगाए । उनले अघि भने, ‘हुन त यो अवधिमै सरकारको मुल्यांकन गर्ने बेला होइन, तर पनि हुने बिरुवाको चिल्लो पात भने जस्तो, अहिले त्यो चिल्लो पात देखिएन् । खस्रो पात देखियो ।’

संम्बन्धित समचार

Leave a Reply