बिश्व कोरोना अपडेट : एकै दिन १५ हजार बढीको मृत्यु हुँदा ५ लाख २१ हजारबढी संक्रमित थपिए !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ १४, बुधबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ १४, काठमाण्डौ । विश्वमा कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टामा मात्रै १५ हजार छ सय ८७ जनाको मृत्यु भएको छ । यसैगरी पाँच लाख २१ हजार नौं सय ८७ जना संक्रमित थपिएका छन् । मृत्यु र संक्रमित हुनेमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिकाका रहेका छन् ।

अमेरिकामा पछिल्लो २४ घन्टामा तीन हजार नौं सय सातजनाको मृत्यु भएको छ भने एक लाख ४३ हजार आठ सय आठ जना संक्रमित थपिएका छन् । अमेरिकापछि बेलायतमा एक हजार छ सय ३१ जनाको कोरोनाबाट मृत्यु भएको छ भने २० हजार ८९ जना संक्रमित थपिएका छन् । उता ब्राजीलमा एक हजार दुई सय सय छ जनाको मृत्यु भएको छ भने ६३ हजार छ सय २६ जना संक्रमित थपिएका छन् । जर्मनीमा नौ सय ८८, स्पेनमा पाँच सय ९१, इटालीमा पाँच सय ४१, मेक्सिकोमा छ सय ५९, दक्षिण अफ्रिकामा छ सय ८०, इन्डोनेसियामा तीन सय ३६, पोर्चुगलमा दुई सय ९१, फ्रान्समा चार सय १७ र रुसमा पाँच सय ६४ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस