नेपाल बैंकको १ अर्बभन्दा बढी खुद नाफा,शून्य दशमलव १५ प्रतिशतले बृद्धि !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ माघ १४, बुधबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ १४, काठमाडौं । नेपाल बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू १ अर्ब ३५ करोड ४ लाख २३ हजार खुद नाफा गरेको छ । बैंकले बुधवार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत वर्षको यसै अवधिको तुलनामा यो नाफा शून्य दशमलव १५ प्रतिशतले बढेको हो । गत वर्ष बैंकले रू १ अर्ब ३५ करोड २३ लाख ९६ हजार खुद नाफा गरेको थियो ।

यो अवधिसम्म बैंकको वितरणयोग्य नाफा भने रू। ६७ करोड ८२ लाख ५ हजार छ । सञ्चालन मुनाफा भने गत वर्षभन्दा करीब १८ प्रतिशत वृद्धि भएको छ । गत वर्ष रू। १ अर्ब ७३ करोड ४६ लाख ४१ हजार सञ्चालन मुनाफा गरेको बैंकले यस वर्ष रू। २ अर्ब ४ करोड ६२ लाख २२ हजार गरेको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस