जनावरमा पनि देखियो पहिलोपटक कोरोना सङ्क्रमण

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ माघ १४, बुधबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

माघ १४ काठमाडौँ । दक्षिण कोरियामा पहिलोपटक जनावरमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेको एक घरपालुवा बिरालोमा कोरोना भाइरस सङ्क्रमण देखिएको हो । दक्षिण कोरियामा मानिसबाहेक जनावरमा कोरोना सङ्क्रमण भेटिएको यो पहिलो घटना हो ।

पछिल्लो समय उक्त बस्तीमा कोरोना महामारी फैलिएको थियो । उक्त स्थानमा कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा बिरालोमा समेत सङ्क्रमण पाइएको हो ।

उक्त बिरालो पाल्ने परिवारका तीन सदस्यमा पनि भाइरस पुष्टि भएको छ । यहाँ मानिसबाहेक अन्य जनावरमा समेत भाइरस देखा परेपछि सबैलाई सचेत रहन दक्षिण कोरिया सरकारले आग्रह गरेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस