प्रभु बैंकद्धारा ६ महिनामा डेढ अर्ब मूनाफा आर्जन !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ माघ १४, बुधबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ १४, काठमाडौं । आज प्रभु बैंकले सार्वजनिक गरेको अपस्कृत वित्तीय विवरण अनुसार अधिकांश सूचकहरुमा सुधार देखिएका छन् । बैंकले ६ महिनामा खुद नाफामात्रै ३९.८७ प्रतिशतले बढाएको छ । यस अवधीमा प्रभुले १ अर्ब ५१ करोड रुपैयाँ भन्दा धेरै मूनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधीमा बैंकले १ अर्ब ८ करोड रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।

प्रभुको निक्षेप २५.८५ प्रतिशतले वृद्धि भएको छ भने कर्जा २६.८२ अंकले वृद्धि भएको छ । रिर्पोर्टअनुसार बैंकले ६ महिनामा बैंकको खुद ब्याज आम्दानी ९.७२ प्रतिशत बढेर २ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ४२.७३ प्रतिशत बढेर २ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । ११ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब १८ करोड ६१ लाख रुपैयाँ र शेयरधनी कोषमा १ अर्ब १७ करोड रुपैयाँ सञ्चित छ ।

ताजा अपडेट

खोजी गर्नुहोस