यातायात कार्यालयमा अख्तियारको छापा, घुस रकमसहित २ जना पक्राउ

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ माघ १४, बुधबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ १४ महोत्तरी । जनकपुरको यातायात व्यवस्था कार्यालयमा घुस रकमसहित दुई जना पक्राउ भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय महोत्तरीको टोलीले गएराति छापा मार्दा पौने ३ लाख बराबरको रकम सहित कार्यालय सहयोगी भोगेन्द्र कापर र बिचौलिया राजकिशोर भगतलाई पक्राउ गरेको हो ।

अख्तियारको टोलीले दिएको जानकारी अनुसार कार्यालय सहयोगी कापरको कार्यालयमै रहेको कोठाको सोफा, खाट, दराज बाट २ लाख २३ हजार ८ सय रकम र दलाल भगतबाट ५० हजार घुस रकम टोलीले बरामद गरेको हो । बिचौलिया भगतले आफू ट्याक्टरको लाइसेन्सको लागि कार्यालयका कम्प्युटर अपरेटर अनिल गिरीलाई ५० हजार घुससहित पास गरिदिने सेवाग्राहीको नामावली बोकेर पुगेको टोलीलाई बयान दिएका छन् ।

उनले गिरीलाई रकम र नामावली दिन पुगेकै बेला अख्तियारको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस