कोरोना नियन्त्रणमा पालिकाहरुले देखाएको सक्रियताको प्रधानमन्त्रीले गरे खुलेर प्रशंसा

Post Thumbnail

माघ १४ काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस नियन्त्रणमा पालिकाहरुले देखाएको सक्रियताको खुलेर प्रशंसा गरेका छन् ।

खोप अभियानको शुभराम्भ गर्दै प्रधानमन्त्री ओलीले कोरोनाको संक्रमण नियन्त्रणका लागि पालिकाहरुले ठूलो भूमिका निर्वाह गरेको र पालिकाको भूमिका कति महत्वपूर्ण हुँदोरहेछ भनेर स्पष्ट पारेको बताए।

आम नागरिकलाई रोग र भोकबाट बचाउनु नै सरकारको प्रमुख प्राथमिकता रहेको भन्दै उहाँले उहाँले कोरोना संक्रमण सुरु हुनेबित्तिकै पालिकाहरुले गरेको कामप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।

यस्तै उहाँले आफूले खतरा मोल्न तयार भएर अरुलाई बचाउन क्रियाशिल रहने अग्रपंक्तीमा रहेका व्यक्तिहरुको पनि प्रशंसा गर्नुभएको छ । गएको १ वर्ष अत्यन्तै कठिन अवस्थाबाट गुज्रिएको भन्दै उहाँले छोटो तयारीमै नेपालले खोप ल्याउन सफल भएको बताउनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस