सिंह हत्या प्रकरणमा वडाध्यक्षसहित ४ जना पक्राउ

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ माघ १४, बुधबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

माघ १४ बझाङ । बझाङमा अमृत सिंहको हत्यामा संलग्न आरोपमा वडाध्यक्षसहित चार जना पक्राउ परेका छन् ।

हत्यामा संलग्न भएको आरोपमा छबिस पाथिभेरा २ का वडाध्यक्ष विकास ऐडी, स्थानीयवासी प्रकाश ऐडी, केदार ऐडी र ज्ञानबहादुर कठायतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

बान्नीचौर माध्यमिक विद्यालय व्यवस्थापन समितिको चुनावमा कांग्रेस समर्थक उम्मेदवार विजयी भएको विषयमा मङ्गलबार बेलुका सिंहमाथि आक्रमण भएको प्रहरीले जनाएको छ । घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक (डीएसपी) रुपक खड्काले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस