समय बढी लागेपछि प्रतिनिधि सभा विघटन मुद्दामा अब १५ मिनेट मात्र बहस गर्न पाइने !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ १४, बुधबार (३ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

माघ १४, काठमाण्डौ । प्रतिनिधि सभा विघटनविरुद्ध परेका मुद्दामा अब १५ मिनेट मात्र बहस गर्न मिल्ने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको मुद्दामा बहस लम्बिएपछि यस्तो नियम बनाईएको हो ।

आज १०औं दिनको बहस सकिँदै गर्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले अहिलेकै अवस्थाले मुद्दा टु‌ंगिन लामो समय लाग्ने भन्दै बढीमा १५ मिनेट मात्र बहस गर्न समय निर्धारण गरेको जानकारी गराएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस