माधव-प्रचण्डको निर्णय : माघ २८ गते ओलीविरुद्धको प्रर्दशन अहिलेसम्मकै ठूलो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ १५, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ १५, काठमाडौ । नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले माघ २८ गते प्रधानमन्त्री केपी ओलीविरुद्धको प्रर्दशनलाई अहिलेसम्मकै ठूलो बनाउने निर्णय गरेको छ । बिहीबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको नेकपा केन्द्रीय संघर्ष समितिले आन्दोलनलाई अझ शसक्त बनाउने निर्णय गरेको नेता विष्णु रिजालले जानकारी दिए ।

पुस ५ गते प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेपछि नेकपाको दाहाल नेपाल पक्षले चरणबद्ध आन्दोलनका कार्यक्रम गर्दै आएका छन् । उनीहरुले संसद पुनःस्थापनाको विकल्प नभएको बताउँदै देशव्यापी विरोध प्रर्दशन र आमसभा आयोजना गर्दै आएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस