बुहारीलाई फेसबुकमा फोहोर गाली गर्ने डिएसपी पक्राउ

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ आश्विन ९, मंगलबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

असोज ९, काठमाडौं । नेपाल प्रहरीका अवकाशप्राप्त डिएसपी कृष्ण खड्का साइबर अपराधको आरोपमा पक्राउ परेका छन् ।

आफ्नै भाइबुहारीको जाहेरीका आधारमा उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सोमबार नेपालगञ्जबाट पक्राउ गरी काठमाण्डु ल्याएको हो ।

खड्का र उनकी भाई बुहारीबीच विगत पाँच वर्षदेखि अंश मुद्दा चल्दै आएको थियो । त्यही बीचमा खड्काले बुहारीलाई फेसबुक म्यासेन्जरमा अश्लील शब्द प्रयोग गरी गाली गलौज गरेका थिए । भाई बुहारी सुमाना खड्काले साइबर अपराधअन्तर्गत कारबाहीको माग गर्दै महाशाखामा उजुरी दिएकी थिइन् ।

महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले खड्कालाई नियन्त्रणमा लिएर आवश्यक बारकाहीको प्रक्रिया अघि बढाइएको जानकारी दिए । सुमानाले गत साता उजुरी दिन गएका बेला प्रहरीले दर्ता गर्न इन्कार गर्दै दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस