सर्वोच्च अदालतमा दर्ता भएका अवहेलना मुद्दाको सुनुवाइ आज

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ १५, बिहिबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

माघ १५, काठमाडौ । सर्वोच्च अदालतमा दर्ता भएका अवहेलना मुद्दाको सुनुवाइ आज हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओली, चार पूर्व प्रधानन्यायाधीश र पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्ध परेका पाँच वटा अवहेलना मुद्दाको सुनुवाइ आज हुने भएको हो ।

ती पाँच वटै मुद्दाको पेशी लागि तोकिएको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुईवटा र पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध एउटा मुद्दा दर्ता भएको थियो । वरिष्ठ अधिवक्ता डाक्टर कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्रीविरुद्ध छुट्टाछुट्टै अवहेलना मुद्दा दर्ता गराएका थिए । मंगलबार नै पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध अधिवक्ता राजाराम घिमिरेले रिट दर्ता गराएका हुन् ।

बुधबार अधिवक्ताद्वय लोचन भट्टराई र धनजित बस्नेतले चार पूर्व(प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, सुशीला कार्की र अनुपराज शर्माविरुद्ध छुट्टाछुट्टै निवेदन दर्ता गराएका थिए । आज यी सबै मुद्दा डाक्टर मनोजकुमार शर्माको इजलासमा तोकिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस