सेञ्चुरी बैंकको नाफा घट्यो : २८.२४ प्रतिशतले घाटा !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ माघ १५, बिहिबार (३ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

माघ १५, काठमाण्डौ । सेञ्चुरी बैंक लिमिटेडले चालु आर्थिक वर्षको पुसमसान्तसम्म आउँदा ४६ करोड ६५ लाख ९९ हजार रुपैंया बराबरको खुद नाफा कमाएको छ । गत आवको पुसमसान्त सम्म बैंकले ६५ करोड २ लाख ८७ हजार रुपैंया बराबरको खुद नाफा कमाएको थियो । गत आवको तुलना बैंकको नाफा १८ करोड ३६ लाख रुपैंया अर्थात २८।२४ प्रतिशतले कम हो ।

बैकले समिक्षा अवधीसम्म ८३ अर्ब ७९ करोड ४० लाख निक्षेप संकलन गरेको छ । यस्तै, कर्जातर्फ भने रु। ६९ अर्ब २५ करोड प्रवाह भएको छ । कम्पनीले बैंक तथा वित्तिय संस्थाहरुलाई रु। २ अर्ब २३ करोड ९२ लाख कर्जा प्रवाह गरेको छ । बैंकको खुद व्याज आम्दानी भने १ अर्ब २२ करोड ३ लाख रहेको छ ।

हाल कम्पनीको चुक्तापुँजी ९ अर्ब ३ करोड ४४ लाख रहेको छ । कम्पनीले आफ्नो जगेडामा १ अर्ब ४५ करोड २५ लाख खुद जम्मा गरेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस