३५ हजार वढी भुकम्पपिडितको पुनरावेदन सुनुवाई हुँदै

माघ १५, काठमाडौ । भूकम्प पछिको पूननिर्माण संरचनाका लागी करिब ३५ हजार वढीको पुनरावेदन आवेदन परेको छ । जसमा माघ ११ गतेसम्ममा २५ सय ९४ जना भूकम्पपिडितको पूनरावेदनमा फैसला हुँदा ३ सय जनाको नाम लाभग्राही सुचीमा परेको छ ।

जसमा ९१ जना प्रबलीकरणमा परेका छन् भने २ सय १९ भूकम्प पिडितको पूर्ण लाभग्राही सुचीमा नाम समावेश भएको छ । जिल्लाहरुबाट पूनरावेदन आउने क्रम जारी रहेको प्राधिकरणले जनाएको छ ।

भूकम्प पिडितको गुनासा, सुनुवाई निवेदन पछि अहिले पूनरावेदनका उजुरीमाथि धमाधम फैसला भइरहेको राष्ट्रिय पूननिर्माण प्राधिकरणले जनाएको छ । माघ महिनभरी भुकम्प प्रभावित जिल्लाबाट पुनरावेदन आवेदन आइसक्ने प्राधिकरणले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply