प्रधानमन्त्री कप क्रिकेट : विभागीय टोली त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ माघ १५, बिहिबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

माघ १५, काठमाण्डौ । विभागीय टोली त्रिभुवन आर्मी क्लबलगातार चौथोपटक प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा बागमती प्रदेशलाई ९४ रनले पराजित गर्दै आर्मी अन्तिम दुईमा प्रवेश गरेको हो । आर्मी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको चारै संस्करणको फाइनलमा पुग्ने एक्लो टोली बनेको छ । वर्षाका कारण फाइनल खेल पूरा हुन नपाउँदा आर्मीले पहिलो संस्करणमा नेपाल पुलिससँग उपाधि बाढेको थियो । त्यसपछिका दुई फाइनलमा भने आर्मी पराजित भएको छ ।

दोस्रो फाइनलमा एपिएफसँग पराजित भएको आर्मी तेस्रो फाइनलमा पुलिससँग पराजित भएको थियो । यसपटक आर्मीलाई एक्लो विजेता बन्ने अवसर हुने छ । यस पटकको उपाधि भिडन्त पनि यसअघिका संस्करण जस्तै विभागीय डर्वी हुने छ । उपाधिका लागि आर्मीले शनिबार हुने फाइनल खेलमा एपिएफसँग खेल्ने छ । एपिएफ बुधबार भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिसलाई पराजित गर्दै उपाधिनजिक पुगिसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस