कम्युनिष्ट पार्टीबाट अराजनीतिक प्रवृती किनारा लागेको ओलीको दावी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ माघ १५, बिहिबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

माघ १५, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीबाट अराजनीतिक प्रवृती किनारा लागेको बताएका छन् । आफू निकट श्रमिकहरुको संगठन जीफन्टले बिहीबार राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले नेकपा भित्र विगतमा आफ्नै सरकारलाई असहयोग गर्ने अराजनीतिक प्रवृती रहेको तर अहिले सो प्रवृती किनारा लागेर पार्टी एकताबद्ध भएको दाबी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले विगतमा आफ्नो नेतृत्वमा रहेको सरकार ढाल्न झलनाथ खनाल, माधव नेपाल र बामदेव लागेको र उनीहरुले पुष्पकमल दाहाललाई उचालेको समेत बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस