नेकपा दुवै समूह आरोप-प्रत्यारोपमा मस्त : निर्वाचन आयोगले छलफलका बोलायो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ १५, बिहिबार (३ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

माघ १५, काठमाण्डौ । निर्वाचन आयोगले नेकपाको दुवै समूहलाई छलफलमा बोलाएको छ । ओली र प्रचण्ड–नेपाल समूहलाई छुट्टाछुट्टै पत्र लेखि चुनावसम्बन्धी छलफलका लागि भन्दै आयोगले बोलाएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । छलफलका लागि शुक्रबार बिहान साढे ११ बजे बोलाइएको आयोगका प्रवक्ता श्रेष्ठको भनाई छ ।

दुवै समूहका अध्यक्ष र अध्यक्षले तोकेका चुनाव हेर्ने आधिकारिक व्यक्तिसहित पाँचरपाँच जनालाई छलफलका लागि आउन आयोगले भनेको छ । नेकपा विवादको सन्दर्भ र चुनावका विषयमा छलफल हुने आयोगको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस