नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम तीव्र गतिमा अगाडी बढ्दै

  • अनलाइन केन्द्र
  • / अर्थनीति /
  • २०७७ माघ १६, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ १६, काठमाण्डौ । राष्ट्रिय गौरवको आयोजना नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम तीव्र गतिमा अगाडि बढेको छ । नागढुंगादेखि सिस्नेखोलासम्म बन्न लागेको २ दशमलव ६८८ लम्बाइको सुरुङको कामले तीव्रता पाएको छ । हाल दुई सिफ्टमा चौबीसै घण्टा काम भइरहेको आयोजना प्रमुख नरेशमा शाक्यले जानकारी दिए ।

हाल दुई सिफ्ट गरेर ३ सय ५० जना कर्मचारीले काम गरिरहेका छन् । जापान सरकारको १६ अर्ब सहुलियत ऋण र नेपाल सरकारको ५ दशमलव ८ अर्ब लागतमा बन्न लागेको सुरुङ मार्गको जम्मा लम्बाइ सुरुङ र सडक गरी कुल ५ दशमलव १३ किलोमिटर हुनेछ भने त्यसमा सुरुङको लम्बाइ २ दशमलव ६८८ किलोमिटर रहनेछ ।

जापानी निर्माण कम्पनी हाज्मा आन्दोलाई ४२ महिनाभित्र निर्माण सक्ने गरी सुरुङ निर्माण जिम्मा दिइएको थियो । सम्झौताअनुसार ३० चैत २०७९ आयोजनाको काम सक्नुपर्ने हुन्छ । मुख्य सुरुङ मार्ग र सहायक सुरुङ मार्ग गरी दुई मार्ग हुनेछन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस