लगानीकर्ताका लागि एक पछि अर्को अवसर : हाइड्रोपावरले फेरि ल्याउँदैछ ३१ करोडको आईपीओ !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ माघ १६, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ १६, काठमाडौ । सुपर मादी हाइड्रोपावरले ३१ करोड रुपैयाँको आईपीओ जारी गर्ने भएको छ । जसमा ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता सेयर निष्कासन हुने छ । सुपर मादी हाइड्रोपावरले कास्कीको साविक नामाजुङ्ग र पार्चे गाविस हाल मादी गाउँपालिका अवस्थित मादी खोलामा ४४ मेगावाटको जलविद्युत् निर्माण गरेको छ । आईपीओ निष्काशन गर्नका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनीको जारी पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । कम्पनीले कास्कीको मादी गाउँपालिकास्थित मादी खोलामा निर्माणाधीन सुपर मादी जलविद्युत् आयोजनाका लागि लगानी जुटाउन यो आईपीओ निष्कासन गर्न लागेको हो । यो आयोजना करिब ६५ प्रतिशत सम्पन्न भइसकेको छ । आगामी २०७८ साल पुसभित्र विद्युत्को व्यापारिक उत्पादन प्रारम्भ गर्ने योजना कम्पनीको छ।

 

ताजा अपडेट

खोजी गर्नुहोस