धुनिवेशी नगरको सार्वजनिक सुनुवाई सम्पन्न,नौविसे र छत्रेमा पनि सञ्चालन हुँदै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ माघ १७, शनिबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ १७, धुनिवेशी । धादिङको धुनिवेशी नगरपालिकाको आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । धुनिबेशी नगरपालिका वडा नम्बर ५ स्थित अमलेचौरमा सम्पन्न सुनुवाई कार्यक्रममा नगरका काम,वडा कार्यालयहरुको काम कारवाही, सेवा प्रवाह, योजना एवं कार्यक्रम, बजेट, नगरपालिकाले गरेका राम्रा कामहरु, अझै गर्न बाँकी कामहरु केके छन् ? कसरी काम भईरहेको छ ? जनतामा केकस्तो प्रभाव परेको छ ? भन्ने जस्ता बिबिध बिषयमा छलफल गरिएको थियो ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कँडेलले गत आर्थिक बर्षको सहित यो अर्धवार्षिक अवधिमा संचालित कार्यक्रमहरु तथा सार्वजनिक सेवा प्रवाहको बारेमा जानकारी दिएका थिए । सहभागीबाट आएका प्रश्नको नगरप्रमुख बालकृष्ण आचार्य, उपप्रमुख निरु खरेलले जवाफ दिएका थिए । कार्यक्रममा विभिन्न वडा अध्यक्षहरुले वडामा भए गरेका कामहरु र यसको प्रभावकारिताको विषयमा जानकारी गराए ।

नगरपालिकाले आज माघ १७ गते धुनिबेशी नगरपालिका वडा नम्बर ८ स्थित नगरपालिकाको कार्यालय खानिखोला र माघ १८ गते धुनिबेशी नगरपालिका वडा नम्बर २ डुम्रेचौरमा सार्वजनिक सुनुवाई गर्दैछ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस