असोज ९, काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठक आज बस्दैछन् । संवैधानिक व्यवस्थाअनुसार, मौलिक हकसँग सम्बन्धित कानुन निर्माण पछि एजेण्डाबिहीन प्रायः भएको प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।
केही विधेयक प्रमाणित भएको राष्ट्रपति कार्यालयको पत्र र मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकबारे राष्ट्रिय सभाबाट प्राप्त पत्रबारे जानकारी दिने सम्भावित कार्यसूची संघीय संसद सचिवालयले जनाएको छ ।
बैठकले शान्ति विश्व विद्यालय स्थापना गर्ने सम्बन्धी अन्तर्रा्ष्ट्रिय सम्झौता छलफल पछि पारित गर्नेछ ।
यस्तै दिउँसो ३ बजेका लागि बोलाईएको राष्ट्रिय सभामा पारमाणविक विज्ञान तथा प्रविधि सम्बन्धी अनुसन्धान, विकास र तालिमका लागि सम्पन्न क्षेत्रीय सहयोग सम्झौतामाथि दफावार छलफल हुनेछ ।
यसैबीच, प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठक बिहान ११ बजेका लागि बोलाईएको छ । बैठकमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर बिश्वकर्मासँग मन्त्रालयको आगामी योजना र कार्यप्रगतिबारे छलफल हुने समिति सचिवालयले जनाएको छ ।