जापानमा हावाहुरी र हिमपात एकैदिन झण्डै एक सय उडान रद्द

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ माघ १७, शनिबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

माघ १७ काठमाण्डौ । जापानमा शुक्रबार हावाहुरी र हिमपातका कारण एकैदिनमा झण्डै एक सय उडान रद्द भएका छन् ।

अत्याधिक हावाहुरी र हिमपात विशेष गरेर देशको उत्तरी भागमा परेको हो ।जापानका सबैभन्दा ठूला विमान सेवा प्रदायक कम्पनी मानिने अल निप्पन एयरवेज (एएनए) र जापान एयरलाइन्स (जेएएलले) मात्रै क्रमशः ४६ र ३४ ओटा उडान रद्द गरेको जनाइएको छ ।

धेरै उडान होकाइदो र उत्तरी होन्शुबाट हुने उडान रहेको अधिकारीहरुले जानकारी दिएका छन् । कुल ९८ ओटा उडान रद्द भएको हो । होकाइदोमा शुक्रबार प्रति सेकेण्ड ३० मिटरको गतिमा हावा हुरी आएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस