ओली समाजवादको बाटोमा जान नचाहेकाले पार्टी विभाजन भयो: ज्ञवाली

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ माघ १७, शनिबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ १७ काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश ईन्चार्ज युवराज ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले मनपरी गर्दै समाजवादको बाटोमा जान नचाहेकाले पार्टी विभाजन भएको बताए ।

शनिबार आज बिहान अर्घाखाँचीको सन्धिखर्कमा नेकपा प्रचण्ड–नेपाल समूहद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले अदालत र न्यायाधीसको काम संविधानको व्याख्या गर्ने मात्र भएको र संविधान संशोधन गर्ने नभएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन असंवैधानिक भएकोले अदालतले संसद् पुनःस्थापना गरिदिने विश्वास ज्ञवालीले व्यक्त गरे ।

वर्तमान संविधानमा बहुमतप्राप्त प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नभएको भन्दै ज्ञवालीले संविधानमै नभएको अधिकार प्रयोग गरी संसद् विघटन गरेकोले अदालतले संसद् पुनस्थापित गरिदिने दाबी गरे ।

राष्ट्रलाई कमजोर बनाएर केपी ओलीले राष्ट्रघाती काम गरेको बताउंदै ज्ञवालीले राष्ट्रवादको नारा लगाउँदैमा कोही राष्ट्रवादी नभइने स्पष्ट पार्नुभयोे ।ओलीले कम्युनिष्ट पार्टी खत्तम बनाउन खोजेपनि आफुहरुले बचाएको ज्ञवालीले दाबी गरे । ।

ताजा अपडेट

खोजी गर्नुहोस