राप्ती स्वास्थ्य प्रतिष्ठानको अत्याधुनिक सिटी स्क्यान मेसिनमा समस्या

Post Thumbnail

माघ १७ । दाङ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काठमाडौं पछिको ठूलो र अत्याधुनिक भनिएको सिटी स्क्यान मेसिनमा जडान भइ उद्घाटन गरेको केही दिनमै समस्या देखिएको छ ।

उद्घाटन धुमधाम भएपनि अहिले मेसिन सन्चालनमा आएको केहि दिनमै बिग्रिएर जनताले सेवा नपाएपछि मेसिन खरिददेखि त्यसको प्रकृयामा जिल्लाका सरोकारवालाहरुले कतै आर्थिक चलखेल हुन सक्ने अनुमानहरु गर्न थालेका छन् ।

सिटी स्क्यान गर्न जाने सेवाग्राहीहरुले सेवा नपाएको र उक्त सेवा लिन निजि क्लिनकमा र जिल्लाबाहिर जानुपर्ने बाध्यता सुरु भएको छ । १ सय २८ स्लाइसको सिटी स्क्यान मेसिन जडान भइ सन्चालनमा आएको केहि दिनमै यस्तो समस्या आएको सेवा लिन जाने सेवाग्राहीको भनाइ छ ।

सिटी स्क्यान मेसिनको उद्घाटन नागरिक समाज दाङका संयोजक तथा दाङ जिल्ला उद्योग बाणिज्य संघका पूर्ब अध्यक्ष चन्द्रराज पन्तले गरेका थिए । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानकि उपकुलपति प्राडा संगीता भण्डारी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सरोकार समितिका पूर्वसंयोजक नारायण भुसाल, चिकित्सक, कर्मचारीको उपस्थितिमा पन्तले सिटी स्क्यान मेसिनको उद्घाटन गरेका हुन् ।

करिब ७ करोड लागतमा सेवा सञ्चालन गरिएको थियी । त्यस्तै प्रतिष्ठानको आइसियु सेवा पनि उद्घाटन भएको केहि दिनमै रोकिएको छ । सेवा उद्घाटन गर्ने र त्यसको केहि दिनमै सेवा रोकिनुले प्रतिष्ठानमाथि थप शंका उत्पन्न हुँदै गएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस