फिल्म फाइटरमा ऋतिक–दीपिका देखिँदै

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७७ माघ १७, शनिबार (४ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

माघ १७ काठमाडौँ । बलिउड अभिनेत्री दिपिका पादुकोण र अभिनेता ऋतिक रोशन चाँडै नै फिल्म फाइटरमा देखिँदैछन् ।

यसको निर्देशनमा सिद्धार्थ आनन्दले गरिरहेका छन् । यी दुुई कलाकार एकसाथ पर्दामा देखिन लागेको यो पहिलो अवसर हो । यति नै बेला दुुबै कलाकार रामायणमा आधारित नयाँ फिल्ममा पनि देखिने सम्भावना बढेको छ ।

मधुमन्टेनाले निर्माण गर्न लागेको यस थ्रिडी फिल्ममा ऋतिकले श्रीराम र दीपिकाले सीता माताको भूमिका निर्वाह गर्नसक्ने निर्माण युनिटको दाबी छ । यस फिल्मको बजेट ३ सय करोड रुपैयाँ रहने बताइएको छ । फिल्मको निर्देशन नितेश तिवारीले गर्दैछन्, तिवारीले यसअघि ‘दंगल’ र ‘छिछोेरे’ जस्ता सफल फिल्म निर्देशन गरिसकेका छन् ।

मधु मन्टेनाले यस भव्य महाकाव्यसँग जोडिएका हरेक दृश्यलाई भव्यताका साथ दर्शाउने प्रयास गरिरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस