पेट्रोलियम पदार्थ विक्रेताको कमिसन बढ्यो, कति पुग्यो ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ माघ १८, आईतबार (३ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

माघ १८, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्री गर्ने विक्रेतालाई कमिसन बढाएको छ । लामो समयदेखि पेट्रोलियम पदार्थ विक्रेताले पेट्रोलियम पदार्थ बिक्री गरी दिएबाफतको कमिसन बढाउन माग गर्दै आएको थिए । विक्रेताले पेट्रोलियम पदार्थमा कमिसन बढाउन माग गरे पनि निगम भने कमिसन बढाउन समहत भएको थिएन ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार सञ्चालक समितिले पेट्रोलियम पदार्थ विक्रेतालाई पेट्रोलमा ०.३९५ प्रतिशत र डिजलमा ०।४७ प्रतिशत कमिसन बढाएको छ । यस भन्दाअघि विक्रेताले पेट्रोल बिक्री गरेबापत प्रतिलिटर ३ प्रतिशत र डिजलमा प्रतिलिटर २।६७ प्रतिशत कमिसन पाउने गरेका थिए । अब पेट्रोलमा प्रतिलिटर ३।३९५ प्रतिशत र डिजलमा ३।१२ प्रतिशत कमिसन पाउने भएका छन् । प्रवक्ता उपाध्यायले कमिसन वृद्धि गर्दा हुने मूल्य समायोजनअनुसार पेट्रोल र डिजलमा प्रतिलिटर औसत ३६ पैसा थप हुने बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस