शेयरबजारमा गयो पहिरो ! विश्लेषकहरु के भन्छन् ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ माघ १८, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ १८,काठमाण्डौ । अघिल्लो कारोबार दिनको तुलनामा आज नेप्से ५४.७५ अंकले घटेको छ । यसअघि पाँच दिनसम्म २४ सय माथि उक्लिएको नेप्से आज २३७०।५४ विन्दु मै बन्द भएको हो । बजार निरन्तर उकालो लागिरहेको बेलामा लागेको यो ब्रेकलाई विशेषज्ञहरुले भने करेक्सन भएको बताएका छन् । लामो समयसम्म बजार उकालो लागेको भन्दै लगानी कर्ताहरुले करेक्सन खोजेका बेलामा यो गिरावट आएको हो । आफ्नो लगानी सुरक्षित गर्नका लागि लगानीकर्ताहरुले चाहेकै बखत यसरी उतारचढाब आउनुलाई विशेषज्ञहरुले सामान्य मानेका छन् । यस्तो घटबढले बजार बलियो बनाउने तर्क समेत उनीहरुको रहेको छ । यसका साथै सेन्सेटिभ इन्डेक्स पनि ९।७३ अंकले घटेर ४३२।३३ अंकमा पुगेको छ ।

आज २ सय ४ कम्पनीको ८७ हजार ५ सय ७६ पटकको कारोबारमा ८ अर्ब २६ करोड ५९ लाख रुपैयाँ बराबरको १ करोड ५१ लाख १० हजार कित्ता शेयर खरिद बिक्री भएको छ। स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये १२ वटै उपसमूहहरुको सेयर घटेको छ ।

त्यसैगरी, आज कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ३९ करोड ८९ लाख ५९ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस