गरिमा विकास बैंकद्धारा ‘मेरो शेयर बचत खाता’ सार्वजानिक

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ माघ १८, आईतबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

माघ १८, काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको ईजाजत पत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास बैंक लिमिटेडले शेयर मार्केटलाई साधारण जनताको पहुँचसम्म पु¥याउन ‘मेरो शेयर बचत खाता’ सार्वजानिक गरेको छ । यो खाताअन्तर्गत ग्राहकहरुले न्युनतम रु ५०० मा खाता खोली निःशुल्क डिम्याट खाता र निःशुल्क सी–आस्बा सुविधालिन सकिनेछ । पहिला नै डिम्याट खाताहुने ग्राहकहरुले पनि यो खाता खोली निःशुल्क सी–आस्बाको सुविधालिन सक्नुहुनेछ ।

वर्तमान अवस्थामा कोभिड १९को महामारीको कारणले अर्थतन्त्र शिथिल भएको अवस्थामा लगानीमा सकुंचनआएका कारण समग्र अर्थतन्त्रमाबचतको व्याजदरमा कमी आउँदा समेत यस बैंकले ‘मेरो शेयर बचत खाता’मा आर्कषक ५.५% ब्याजदर प्रदानगर्ने बताएको छ । जनमानसमा शेयर प्रतिको बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै सरल तवरले डिम्याट खाता खोल्ने सुविधा प्रदानगरि नेपाली शेयर मार्केटको स्तरोत्रतीमा केहि हदसम्म सहयोग पु¥याउने यो खाताको मुख्य उद्घेश्य रहेको यस बैैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताउनु भएको छ । हाल गरिमा विकास बैंकले देशका ३५ जिल्लामा १०६ शाखाकार्यालयहरु र ५१ ए.टि.एम.मार्फत आफ्नाग्राहकहरुलाई सरल, सुरक्षितएवं गुणस्तरीय बैकिङ्ग सुविधादिदै आईरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस