आईपीओबाटै सर्वसाधारण हुँदैछन् मालामाल : तीन कम्पनीले निष्कासन गदैछन् प्राथमिक शेयर !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ माघ १९, सोमबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

बजारमा कुन कम्पनीको आईपीओ आउँदैछ् ?

यतिबेला आम लगानीकर्ता अब कुन कम्पनीले आईपीओ निष्कासन गदैछ भन्दै पर्खिरहेका छन् । यही समयमा नेपाल धितोपत्र बोर्डले तीन कम्पनीलाई आईपीओ निष्कासनको लागि अनुमति दिएको छ ।

-महिला लघुवित्त
-ग्रीन लाइफ कम्पनी
-सिंगटी हाइड्रो कम्पनी

बोर्डले महिला लघुवित्त वित्तीय संस्थालाई भर्खरै मात्र आईपीओ नियकासनको लागि अनुमति दिएको हो । त्यस्तै, सिंगटी हाइड्रो कम्पनीलाई पुष २१ गते र ग्रीन लाइफ कम्पनीलाई माघ २ गते आईपीओ निष्कासनको लागि अनुमति दिएको हो ।

कहिले निष्कासन गदैछन् यी दुई कम्पनीले आईपीओ ?

महिला लघुवित्तले भर्खरै आईपीओ निष्कासनको अनुमति पाएको  हाे । लघुवित्तले चाडै नै आव्हापत्र जारी गदै आईपीओ निष्कासनको मिति तय गर्ने भएको छ । आईपीओ बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेट बैंकिङका अनुसार चाडै नै निष्कासन मिति तय गर्ने काम भइरहेको छ ।चाडै नै आईपीओ निष्कासन गर्ने तयारीमा रहेको क्यापिटलले जनाएको छ । लघुविततले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ ।

ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडले यही माघ २३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता तथा स्थानिय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो ।

निष्कासन गरिने कुल शेयरमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ भने ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ । सर्वसाधारण लगानीकर्ताहरुले बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ताका लागि आवेदन दिन सक्नेछन् । सो शेयर खरिदका लागि माघ २७ गतेसम्ममा आवेदन दिनुपर्नेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा फागुन ७ गतेसम्म म्याद थप गरिनेछ ।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी बी प्लस (आइएस) रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको आधार जनाउँदछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेड रहेको छ।

सिंगटी हाइड्रो पावरले यतिबेलो पहिलो चरणमा आयोजना प्रभावित स्थानियको लागि आईपीओ खुल्ला गरेको छ । कम्पनीले निष्कासन गरेको उक्त आईपीओ बिक्री पश्चात कम्पनीले दोस्रोचरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस