नुवाकोटमा ओली र प्रचण्ड–नेपाल समूहबीच झडप : ईश्वर पोखरेलमाथी यसरी खनिए प्रचण्डपक्ष !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ १९, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ १९, नुवाकोट । नुवाकोटमा नेकपा ओली समूह र प्रचण्ड–माधव नेपाल समूहबीच झडप भएको छ । झडप हिंसात्मक भएको बताइएको छ । झडपमा ठूलो संख्यामा कार्यकर्ता घाइते भएका छन् । केहीको अवस्था गम्भीर भएको बताइएको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल कार्यक्रमको लागि गएका बेला उनीमाथि प्रचण्ड समूहले आक्रमण गरेपछि झडप भएको हो । उपप्रधानमन्त्री ईश्वर पोखरेलको गाडी तोडफोड गरिएको बताइएको छ । झडपमा ईश्वर पोखरेलको गाडी तोडफोड भएको छ । यता, वाग्मती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा एसएसपी मीरा चौधरीले बाटोमा अवरोध गर्ने कार्य भएको र अहिले अवस्था सामान्य रहेको जानकारी दिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस