विखन्डनकारी सीके राउतमाथि सहानुभूति नराख्नोस् : गृहमन्त्री

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ आश्विन १०, बुधबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असोज १०, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सीके राउत समूहका गतिविधि देशको भौगोलिक अखन्डताविरोधी रहेको भन्दै उक्त समूहप्रति सहानुभूति नराख्न आग्रह गरेका छन् ।

राष्ट्रियसभाको मंगलबारको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले ‘मधेस नट नेपाल’ भन्दै देश विखन्डनको गतिविधि भइरहेको टिप्पणी गरे ।

उनले विखन्डनकारीहरु ‘स्वतन्त्र मधेस’का नाममा खुलेआम ‘मधेस नट नेपाल’ भन्दै हिँड्ने गरेको अवस्थामा सरकार लाचार भएर बस्न नसक्ने बताए ।

यस्तै, संसदमा कतिपय सांसद र संसदबाहिर अधिकारकर्मी तथा नागरिक समाजका अगुवाले बर्दियाका राममनोहर यादवको हिरासतमा मृत्यु भएकोप्रति उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले ‘यादव नेपाल विखन्डनका अभियन्ता’ भएको र उनको ‘मस्तिष्कघाटबाट मृत्यु’ भएको प्रारम्भिक मेडिकल रिपोर्ट आएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस