अन्तत : ओली र पौडेललाई साधारण सदस्यबाटै हटाउने नेकपा दाहाल-नेपाल पक्षको निर्णय !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ १९, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ १९, काठमाण्डौ । नेकपा दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्यबाटै हटाउने निर्णय गरेको छ । उक्त समूहको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा सोमबार बसेको केन्द्रीय कमिटी बैठकले ओलीसहित महासचिव विष्णु पौडेललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गर्ने निर्णय लिएको छ ।

ओली र पौडेललाई कारवाही गर्ने सचिवालय र स्थायी कमिटी सदस्यको निर्णयलाई आजको बैठकले अनुमोदन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस