आज संवैधानिक आयोगहरूले पूर्णता पाउँदै, आजै नियुक्ति र शपथ हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ २१, बुधबार (३ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

माघ २१, काठमाडौं । लामो समयदेखिको अन्योल चिर्दै बुधबार अधिकांश संवैधानिक आयोगले पूर्णता पाउने भएका छन् ।

यसअघि संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष, समावेशी आयोगका अध्यक्षलगायत संवैधानिक निकायका अध्यक्षसहितका पदाधिकारी गरी ४५ जनाको नाम नियुक्तिका लागि सिफारिस गरेको थियो । सोअनुसार बुधबार बिहान सबैजनालाई राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नियुक्त गर्ने गरी कार्यक्रम तय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । कानुनतः उनीहरूको नियुक्ति पछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले शपथ खुवाउनेछन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस