आमहड्ताल नगरी वार्ताबाट समाधान खोज्न मानव अधिकार आयोगको आग्रह

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ माघ २३, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ २३, काठमाण्डौ । राष्ट्रिय मानव अधिकार आयोगले आमहड्ताल जस्तो विरोधको कार्यक्रमले आम नागरिकको मानव अधिकारको उपभोगमा बाधा पर्ने भएकाले वार्ताका माध्यमबाट समाधान खोज्न आग्रह गरेको छ ।
आयोगका प्रवक्ता डा टीकाराम पोखरेल आज जारी गरेको प्रेस विज्ञप्तिमा मानव अधिकारको संरक्षण गर्नका लागि समस्याको समाधान वार्ता र संवादबाट समाधान खोज्न आमहड्ताल आह्वानकर्तालाई आग्रह गरिएको छ ।

“कुनै पनि बहानामा नागरिकको मौलिक हक तथा स्वतन्त्रताको हरण गर्ने कार्य नगर्न तथा सभासम्मेलन गर्ने र आफ्नो विचार राख्ने नागरिकको अधिकारको सम्मान गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ”, विज्ञप्तिमा भनिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस