एसियन यू–१८ फुटवलमा नेपालको दोस्रो जीत, अफगानिस्तानमाथि नेपालको शानदार प्रदर्शन !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ आश्विन ११, बिहिबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज ११, काठमाडौं । भारतमा जारी ४६ औं संस्करणको एसियन यू–१८ स्कुल च्याम्पियनसीपमा नेपालले अफगानिस्तानमाथि फराकिलो जित निकालेको छ ।

आग्रामा बुधबार भएको खेलमा नेपालले आफगानिस्तानमाथि १३–१ को फराकिलो जित निकालेको हो । प्रतियोगितामा यो नेपालको दोस्रो जित हो । यसअघि नेपालले चीनलाई ३–१ ले पराजित गरेको थियो । त्यसअघिको दुई खेलमा नेपाल थाइल्याण्डसँग २–० र इन्डोनेसियासँग २–१ ले पराजित भएको थियो ।

नेपालको फराकिलो जितमा कप्तान दिनेश हेन्जनले चार गोलसहित ह्याट्रिक पूरा गर्दा बुद्ध बल तामाङले ह्याट्रिक पूरा गरे । यस्तै रितिक खड्काले २, नितिन थापा, जय गुरुङ, असिम गुरुङ र अनिल महर्जनले समान १ गोल गरे ।

नेपालले बिहिबार पाँचौ स्थानको लागि श्रीलंकासँग खेल्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस