नेपाललाई बेलायतले २० लाख डोज कोरोना भ्याक्सिन दिने

Post Thumbnail

माघ २३, काठमाडौ । बेलायत सरकारले नेपाललाई करिब २० लाख डोज कोरोना भाइरसविरुद्धको खोप सहयोग गर्ने भएको छ। नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले बेलायत सरकारले नेपाल सरकारलाई २० लाखभन्दा बढी खोपको डोज फागुनभित्रमा उपलब्ध गराउने बताएकी छन् । उनले कोभ्यासकलाई बेलायतले करिब साढे सात खर्ब रकम सहयोग गर्न लागेकोले त्यसबाट नेपाललाई पनि खोप सहयोग हुने बताएकी छन् । आगामी महिना उक्त खोप नेपाल पुग्ने भएकाले आफू निकै हर्षित भएको उनले बताएकी छन् ।

 

राजदूत पोलिटले मंगलबार उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग भेटेर खोप सहयोगको प्रक्रिया अघि बढेको जानकारी दिएकी थिइन्। उक्त भेटका क्रममा पोखरेलले  संयुक्त अधिराज्यबाट नेपालको विकासमा भइरहेको सहयोग र कोभिड–१९ का बिरामीको उपचारका लागि उपलब्ध सहयोगप्रति धन्यवाद दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस