हिमपातले जनजीवन निकै कष्टकर

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ माघ २३, शुक्रबार (३ साल अघि)
  • ९ पटक पढिएको
Post Thumbnail

माघ २३ डोल्पा। डोल्पाका विभिन्न उच्च बस्तीहरुमा हिमपात भएको छ । हिमपातले जनजीवन निकै कष्टकर बनेको छ । जनजीवन चिसो बने पनि कृषकहरु भने निकै खुसी भएका छन् ।

यस जिल्लाका धो, साल्दाङ, छार्का, फोक्सुण्डो, पाहाडा, लिकु, हुम, रिमी, काइगाउँ, माझफाल, काइके, रह, सर्मी, होर्त, ओक्ट, तिन्जे, भिजेर, थाला, तिप्ला लगायतका विभिन्न उच्चबस्तिहरुमा बाक्लो हिमपात भएको छ ।

हिमपातले जनजीवन कष्टकर बनेको छ । हिमपातले पशुबस्तुहरुलाई काटेर राखिएको घाँस, नल हालेर गोठमै थुन्नुपर्ने भएको छ । पानी लिन धारासम्म जान कठिनाइ भएको त्रिपुरासुन्दरी नगरपालिका ११ का गणेशमान पुनले बताए । उनका अनुसार उनको गाउँ हुममा १ फिट हिमपात भएको छ । हिमपात भए पछि आउजाउ गर्न र चिसो बढेर जनजीवन कष्टकर बने पनि बाली सप्रने र धुलोधुवाँ कमी आई रोगब्याधी हट्ने भएकाले किसानहरु खुसी भएका छन् ।

हिमपात भएपछि डोल्पाका सबै डाँडाकाँडाहरु सेताम्मे बनेका छन् । जता हे¥यो रमाइलो वातावरण बनेको छ । शुक्रवार विहानै हिउ जमेको छ भने अझै बादल फाटेको छैन । बेसीहरु दुनै, त्रिपुराकोट बगर, खदाङ, करवगाड लगायतका गाउँबस्तीहरुमा भने हिउ जम्न सकेन । हिउ नजमे पनि पानी परेकाले वातावरण निकै चिसो बनेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस