ओली समुहको आमसभामा देखिएन् उत्साह , सोचेजस्तो भएन् उपस्थिती

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ २३, शुक्रबार (३ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

माघ २३,काठमाडौँ । सत्तापक्षले आज गरेको आमसभामा नागरिकको उपस्थिती न्युन देखिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समुहले आज शक्ति प्रदर्शनको रुपमा लिएको नारायणहिटी अगाडीको प्रदर्शनमा देशभरबाट नागरिकको उपस्थिती भनेपनि अत्यन्तै न्युन संख्यमा कार्यकर्ताको उपस्थिती रहेको हो ।

माघ ९ गते माधव–प्रचण्ड समुहलाई ओलीले टिप्पणी गर्दै उनिहरुको आन्दोलनमा केही मानिस आएछन भन्ने तर्क गरेका थिए । उनले वास्तविक सभा माघ २३ गते हेर्न आह्वान गरेका थिए । यद्यपी ओलीको भरपुर तयारी कमजोर देखिएको छ । ३ लाख उपस्थिती गराउने भनेको आमसभामा १३ हजार नागरिकको पनि उपस्थिती देखिएको थिएन् ।

सभामा ओलीले इतिहासकै सबैभन्दा ठुलो सभा भनेर पटक–पटक भनेका थिए । देशभरबाट बस र साना गाडीमा कार्यकर्ता ओसारेको भनिएतापनि ओलीले भने अनुरुपको नागरिक उपस्थिती नभएपछि ओली समुह निराश बनेको उनी निकट कै नेताहरु बताउछन् ।

३ लाख मान्छे उतार्ने भनिए पनि ५० देखि ६० हजार जना उपस्थित गराउनैपर्ने तयारी थियो। तर, प्रधानमन्त्रीको पछिल्लो असंवैधानिक कदम र बिग्रँदो राजनीतिक घटनाक्रमले जनता यस्ता कार्यक्रममा सामेल हुन दिक्क मान्दै गरेको प्रतित भएको देखिन्छ। सरकारी स्तरको शक्ति प्रर्दशनमा आदिवासी जनजाति महासंघको व्यानरबाहेक कार्यक्रमस्थलमा संस्थागत उपस्थिति खासै देखिएको छैन।

ताजा अपडेट

खोजी गर्नुहोस