सिन्धुलीमा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना, १ जनाको मृत्यु ३३ घाइते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ २४, शनिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ २४, सिन्धुली । सिन्धुलीमा गए राती जन्ती बोकेको ट्रयाक्टर दुर्घटनामा परेको छ । जन्ती बोकेको ना ५ त ५३५६ न।को ट्रयाक्टर अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका जानकारीअनुसार ट्रयाक्टरमा सवार ३४ मध्ये २३ जना सामान्य, ७ जना मध्यम ४ जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक सन्तोषकुमार पोख्रेलले दुर्घटनाका घाइते मरिण गाउँपालिका वडा नम्बर २ का २५ वर्षीय प्रताप लोको उपचारका क्रममा ट्रमा सेन्टर काठमाडौमा मृत्यु भएको जानकारी दिए ।मदन भण्डारी राजमार्गको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर २ बखफरबाट मरीण गाउँपालिका वडा नम्बर २ रातमाटेतर्फ जन्ती लिएर आउँदै गरेको ट्रयाक्टर दुर्घटनामा परेको हो । घाइतेमध्ये ५ जनालाई हेलिकोप्टरमार्फत काठमाडौंको ट्रमा सेन्टरमा थप उपचारका लागि पठाइएको मरीण गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष चन्द्रनाथ गौतमले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस