सिटी एक्सप्रेस मनी ट्रान्सफरको ओमानबाट पनि सेवा सुरु

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ माघ २४, शनिबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ २४, काठमाडौ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ओमानबाट पनि आफ्नो सेवा सुरु गरेको छ । ओमानको मोर्डन एक्स्चेन्ज को एलएलसी र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार सुरु भएको हो । ओमानमा रहेका नेपालीहरुले मोर्डन एक्स्चेन्ज को एलएलसीको सेवा प्रयोग गरेर सिटी एक्सप्रेसमार्फत नेपालमा सजिलै पैसा पठाउन सक्छन् ।

नेपालमा सिटी एक्सप्रेससँग आबद्ध दश हजार भन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिनेछ। नेपालको जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने छ । सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र मोर्डन एक्स्चेन्ज को एलएलसीको तर्फबाट प्रबन्ध निर्देशक हर्मुज्दा बी डाभरले हस्ताक्षर गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस