पहिलोपटक हिमाली जिल्ला मुगुको लापु पुग्यो यातायात

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ माघ २५, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ २५, मुगु । हिमाली जिल्ला मुगुको छायानाथ रारा नगरपालिका–१३ को दलित बस्ती लापु गाउँमा पहिलोपटक सडकसंँगै यातायात पुगेको छ । पूर्वाधार विकास कार्यालय मुगुमार्फत निर्माण भएको जडीबुटीमार्गबाट सवारीसाधन लापु पुगेको हो । गाउँमा पहिलोपटक गाडी गुडेको देखेपछि स्थानीय खुसी छन् । ‘सदरमुकाम गमगढी बजार र रोजगारीका लागि तेस्रो मुलुक जाँदा मात्र गाडी चढ्न पाएको थिएँ, अहिले आगनमैै गाडी आइपुग्दा निकै खुसी लागेको छ ।’ –छायानाथ रारा नगरपालिका–१३ की ज्ञानी कामी भन्छन् । गाउँबाट सदरमुकाम गमगढी पुग्न पैदल यात्राबाट ३ देखि ४ घण्टा लाग्थ्यो । गाडी गुड्न थालेपछि यो बाटो एक घण्टामा छोटिएको छ ।

लापु गाउँका अर्का स्थानीय जोरसिंह कामी सडक र सवारीसँगै गाउँको मुहार फेरिनेमा आशावादी हुँदै भन्छन् – ‘अब यात्रा मात्र होइन हाम्रा उत्पादन पनि बिक्री हुने दिन आए । राष्ट्रिय सडक सञ्जालबाहेक अन्य गाउँबस्तीसम्म सडक सञ्जाल जोड्नका लागि मुगुको धेरै स्थानमा सडक निर्माणकार्य धमाधम भइरहेको उहाँको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस