चन्द्रागिरि हिल्सको सेयर कारोबार १६१ रुपैयाँमा खुल्यो !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ माघ २५, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ २५, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से मा चन्द्रागिरि हिल्सको कारोबार सुरु भएको छ । गएको शुक्रबार नेप्सेमा सूचीकृत भएको कम्पनीको सेयर आज नेप्सेको स्पेसल–प्रि ओपन सेसनमा १६१ रुपैयाँमा पहिलो कारोबार भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता ९६ रुपैयाँ ६९ पैसा देखि २९० रुपैयाँ ७ पैसासम्म ओपनिङ रेन्ज तोकेको छ । नेप्सेले सूचीकृत कम्पनीको पहिलो कारोबारको लागि पछिल्लो आर्थिक वर्षको अडिटेड वित्तीय विवरणको आधारमा नेटवर्थदेखि नेटवर्थको तीन गुणसम्म ओपनिङ रेन्ज तोक्ने गर्दछ ।

सोहीअनुसार प्रिओपनिङ सेसनमा कम्पनीको सेयर १६१ रुपैयाँमा पहिलो कारोबार भएको छ । अब आजको कारोबारमा कम्पनीको मूल्य १० प्रतिशतले घटबढ भएमा सर्किट लाग्छ । १६१ रुपैयाँमा पहिलो कारोबार भए पनि कम्पनीको सेयरमा खरिद चाप रहेको छ भने बिक्री चाप शून्य छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस