भारत उत्तराखण्डमा हिमनदी फुटेर बाढी आउँदा एक नेपाली सहित ८ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ माघ २६, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ २६, काठमाडौ । भारत उत्तराखण्डमा हिमनदी फुटेर आएको बाढीका कारण एक नेपाली सहित ८ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यामहरुका अनुसार अरु डेढ सय भन्दा बढी वेपत्ता छन् । चमोली जिल्लाका अधिकारीहरुले दिएको जानकारी अनुसार आइतबार साँझसम्म आठ जनाको शव फेला परेको छ ।

डेढ सयभन्दा बढी वेपत्ता रहेका छन् । उनीहरुको खोजी भइरहेको आइटीबीपीका प्रवक्ता विवेककुमार पाण्डेलाई उदृत गर्दै एनआईले उल्लेख गरेको छ ।सोमबार विहानसम्ममा फँसेका १६ जनाको उद्दार गरिएको छ । मृत्युभएका मध्ये एक जना नेपाली रहेको भारतीय अधिकारीहरुले बताएका छन् । उनको नाम र ठेगाना खुलेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस